धनगढी। नेविसंघका नेता राजेन्द्र बमले धनगढी उपमहानगरपालिका वार्ड नं १६ को अध्यक्षमा दाबी गरेका छन्।
केके हुन् त बम वार्ड अध्यक्ष बन्ने आधारहरू-
स्कुलले जीवन बाटै राजनीतिमा सक्रिय हुदै आयको र २०६२/६३ को जनअन्दोलनमा सक्रिय सहभागी भएका बम, पार्टीको निर्णय बमोजिम हरेक आन्दोलनमा सक्रिय सहभागी भएका इतिहासहरु थुप्रै हेर्न पाइन्छ । २०७०/२०७१ ने बि संघ एकाई उपाध्यक्ष बनेका बम २०७१/२०७२ ने बि संघ एकाई अध्यक्ष र २०७२/२०७४ स्व वि यु सभापति बनेर काम गरेको अनुभव रहेको छ। काठमान्डौमा बसेर दाइहरुको हात समाउदै चिया पसलमा चिया पियर स्थापित नेता हैनन।
सुदुरपस्चिमको पहाड बैतडी जिल्लामा कम्न्युस्टको किल्ला मानिने ठाउमा राजनिती गरेर त्यहाको माहोल नै परिबर्तन गरि काङ्ग्रेसमय बनाउने निडर नेता हुन राजेन्द्र बम। ने वि संघको आन्दोलनमा संघीय राजधानी काठमाडौ, धनगढी र विभिन्न स्थानमा जनता विरोधी सरकार विरुद्ध विभिन्न रचनात्मक आन्दोलनमा सक्रिय सहभगिता जनाउँदै नेपाली कांग्रेसको १४ औं महाधिवेशन मा भारी मतले क्षेत्रीय प्रतिनिधि हुँदै प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेका युवा नेता बम त्रिभुवन बिश्वबिद्धालयबाट कृषिमा स्नातकोत्तर गरेका हुन।हाम्रो देश कृषिप्रधान देश हो, यहाँ बिकास कृषि बाट मात्रै सम्भब छ, कृषि क्षेत्रको नया बिकासका मोडेल तयार गरेर टोल,समुदाय,वडा हुँदै उपमहानगरलाइ नै बिकसित बनाउन छुट्टै खाका तयार गर्न पनि बम को आवस्यक्ता छ। अक्सर चुनाब आउदा बेरोजगार भएर बैदेशिक रोजगारका लागि भारत गएका मान्छेलाइ भोट हाल्न भाडा दिएर बोलाउने नेताको कमि छैन तर भोट हाल्न नेपाल आइसकेका जनतालाइ कहिल्यै बिदेश फर्कन नपर्ने गरि रोजगारका अवसर सिर्जना गर्ने सोछ बनाएका बम साच्चै फरक सोच बोकेका नेता हुन्। विकासको नयाँ मोडल बनाउने र मुख्य गरेर बेरोजगार युवा लक्षित कार्यक्रम गर्ने कुरा बमले बताउनुभयो।
भारत र खाडी जाने युवालाइ उद्ध्यमी बनाउने कार्यक्रम ल्याई वडामा सबैको सहभागीता मुलक बिकास, बिभेदको अन्त्य,समाजिक सद्भाव, एकता कायम गर्न आफ्नो उम्मेदवारी रहेको बमले बताउनु भयो। देशमा अब युवा नेतृत्व चाहिन्छ र युवाहरुलाई रोजगारको कार्यक्रम ल्याएर स्वदेशमै रोजगारी सिर्जना गर्ने समेत उहाँले बताउनु भयो। मलाई सम्पूर्ण युवा साथीहरुको साथ र सहयोग छ मलाई विश्वास गरेर पार्टीले टिकट दिन्छ भने धनगढी उपमहानगरपालिका वार्ड नम्बर १६ मा नेपाली कांग्रेस विजयी बन्ने कुरामा दुई मत नरहेको र विकासको नयाँ मोडेल तयार गर्ने समेत बमले जानकारी दिनु भयो।
नेपालको ६०/६५ जिल्ला घुमी सकेका र भारतको ६ वटा प्रदेश घुमेका बम सबै ठाउँको विकासको मोडालिटीको पूर्ण अध्ययन रहेको र त्यही किसिमले धनगढी उपमहानगरपालिका वार्ड नं १६ मा पनि विकास गर्ने बताउँछन्। युवा उद्यमी कार्यक्रम ल्याउने र ६ महिना बाहिर २ महिना देशमा अझै ६ महिना बाहिर जाने परिपाटी पनि अन्त्य गर्ने नेता राजेन्द्र ले बताउनु भयो । मैले टिकट पाए भने मैले विजयी हुन्छु र धनगढी उपमहानगरपालिका वार्ड नं १६ देशकै नमुना वार्ड बनाउने प्रतिबद्धता समेत उहाँले गर्नुभएको छ। शिक्षा,स्वास्थ्य,खानेपानी,स्वरोजगार र खेलकुदलाई मुख्य प्राथमिकतामा राख्ने उहाँले बताउनु भएको छ।
समृद्ध गाउँ नगर बनाउने धेरैले सपना देखाए। आखिर के हो त समृद्ध को अर्थ,
बाटो घाटो चिल्लो बनाउनु मात्रै समृद्ध हो त?
हाम्रो देशको समृद्धि कस्तो छ भने, बाटो पिच गरिएको हुन्छ अनि एउटि बुढी आमा त्यही पिच बाटोमा खाली खुट्टा दाउराको भारी बोकेर हिडिरहेकी हुन्छिन्, एउटा गरिवको घरमा दिनभरि ज्याला मजदुरी गरेको पोइसाले दुई छाक टार्न धौ धौ पर्छ अफ्नो सन्तानलाई शिक्षा स्वास्थको कुरा त परैको हो र बाध्य भयर भारत पस्छ र जीवन भर भारतमा आफ्नो श्रम बेच्छ र अन्तिममा अशक्त भयर नेपाल आउँछ। यसकारण हामीलाई चिल्लो बाटो आवस्यक छैन भन्ने होइन तर, ती बुढी आमालाइ दाउराको भारी बोक्न बाध्यात्मक अवस्थाको सिर्जना हुन नदिउ, यो अवस्था सिर्जना हुन नदिन पहिले उनको गरिबिको बाध्यतालाइ पूरा गर्न रोजगारको अवसर सिर्जना गरि, उनका घरपरिवारका पुस्ताले त्यही भारी बोक्नु नपरोस भनेर सीप मुलुक शिक्षा, स्वास्थ र रोजगारी जस्ता कुरामा बिशेष जोड दिएर समृद्ध वडा बनाउने यस अभियानमा सबैको साथ, समर्थन र माया पाउने कुरामा बिस्वस्त छन बम।