धनगढी। सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ। नेकपा एकिकृत समाजवादीबाट आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ फिर्ता हुने भएका छन् । उनको ठाउँमा पूर्व उद्योग अर्थराज्यमन्त्री प्रकाश रावल थपिने जनाइएको छ ।
यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएर कुलबीर चौधरी थपिने छन् ।यस्तै अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता हुने छन् भने अमर साउद थपिने छन् ।यस्तै
आन्तरिक मामिला तथा कानून मन्त्रीमा काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल नियुक्त हुने भएकोमा समाजवादीकी पूर्णा जोशी फिर्ता हुने जनाइएको छ । सामाजिक विकास मन्त्रीमा काँग्रेसका गोविन्द बोहरा हुने भएकोमा लालबहादुर खडका फिर्ता,
सामाजिक विकास राज्यमन्त्री काँग्रेसका टेकबहादुर रैका हुने छन् भने मनाकुमारी साउद फिर्ता हुने जनाइएको छ ।