बैतडी। बैतडीमा जिप दुर्घटना भएको छ । बैतडीको शिवनाथ गाउँपालिकाको वडा नं ६ छेलामा म १ ज २७२ नम्बरको जिप दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।
जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ का ३५ बर्षीय गोबडीदेवी साउँद घाइते भएका छन् । उनको बाँया खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
सो जिपमा शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्त र हेमन्त जोशी पनि सवार रहेका बताइएको छ । कर्मचारी पन्तले जबरजस्ती जिप चलाउन खोज्दा दुर्घटना भएको भनिएपनि प्रहरीले सो कुरा अस्वीकार गरेको छ । प्रहरीले जिप चालक विरेन्द्र महताले नै जिप चलाएको दाबी गरेको छ । जिप सडकबाट करीब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।