धनगढी : युवा नेता तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय सदस्य हेमराज धन बहादूर खत्रीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ को अध्यक्षका लागी उम्मेदवारी घोषणा गरेका छन् । करिब २५ बर्ष नेपाली जनसम्पर्क समिति भारतको राजनितिक यात्रामा रहेका खत्री केही समययता स्वदेशमै रहेर नेपाली काग्रेंसबाट राजनिति तथा समाजसेवामा सक्रिय छन् ।
उनले अब जनप्रतिनिधीनै बनेर जनताको सेवा गर्ने बताउँदै घोषणापत्र सहित गोदावरी नगरपालिका ५ को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । आगामी बैसाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनमा खत्रीले २३ बुँदे घोषणपत्र समेत सार्वजनिक गरेका छन् ।
यस्तो छ घोषणापत्र
१.शिक्षा स्वास्थ्य निशुल्क, वडामा रहेका बिद्यालयहरुको भौतिक पुर्वाधार बिकास तथा शिक्षामा आधुनिकिकरणमा बिषेश ध्यान दिई आवश्यक्ता अनुसार जनशक्ती नियुक्त गरी शैक्षिक क्षेत्रमा हुने राजनिति अन्त्य गर्ने ।
२.कृषकलाई छिटो छरितो बिउ बिजन खाद्य, मल तथा आधुनिक कृष ीऔजार उपलब्ध गराउने छु ।
३.निर्माणधिन सडकहरुमा नाली सहितको पिच गराउनेमा जोड दिनेछु ।
४.नदीनाला ब्यवस्थापन तथा डुवान क्षेत्रलाइ समेत उत्थान गर्ने छु ।
५.गरिब बिपन्न बर्गका परिवारलाई सिपमुलक तालिम दिई रोजगारीको ब्यवस्था गर्ने छु ।
६.संस्कृती संरक्षणका लागी वडाभित्रका मठ मन्दिर, चर्च, धर्मशालाहरु ीनर्माण तथा संरक्षणमा जोड दिने छु ।
७.हाम्रो क्षेत्रमा रहेका सामुदायीक बन जंगलको संरक्षण र सोलाई ब्यवस्थि तगर्ने छु ।
८.न्यायमा कसैलाई भेदभाव नगर्ने प्रतिबद्धता जनाउने छु ।
९.अपागंता तथा गरिबलाई पहिचान गरी उनिहरुको आवश्यक्ता परिपुर्ती तर्फ केन्द्रित हुने छु ।
१०.वडा नम्बर ५ मा उपर्युक्त स्थान खोजी खेलमैदान निर्माण गर्ने छु ।
११.दलित जनजाती तथा पिछिडिएका बर्गहरुका आवश्यक्ता परिपुर्ती गर्ने प्रयास गर्ने छु ।
१२.सुत्केरी महिलाका लागी पोषण युक्त खानेकुराको ब्यवस्था संगै समस्या परे एम्बुलेन्सको ब्यवस्था गर्ने छु ।
१३.ग्रिन र क्लिन वडा बनाउने छु ।
१४.वडाका हरेक बस्तीमा बिधुतिय तथा सोलार बत्तिको ब्यवस्था गर्ने र मुख्य चोकहरुमा सिसि क्यामेरा र सबै क्षेत्रमा इन्टरनेटको पहुँच निर्माण गर्ने छु ।
१५.घरेलु तथा साना उधोगलाई प्रोत्साहन गरेर रोजगारी प्रदानमा भुमिका खेल्ने छु ।
१६.स्वच्छ तथा शुद्ध खानेपानीको पहुँचमा जोड्ने छु ।
१७.आफ्नो हरेक बर्षको ६ महिनाको तलवभत्ता गरिब, गम्भिर बिरामी, असहाय, बिपन्न बर्गका लागी खर्च गर्ने छु ।
१८.सरकारी सवारी साधनको प्रयोग गर्ने छैन ।
१९.स्वरोजगारको ब्यवस्थामा जोड दिने छु ।
२०.छाडा चौपायाको ब्यवस्थापन गर्ने छु ।
२१.वडा कार्यालयमा फ्रि वाइफाइको ब्यवस्थ ागर्ने छु ।
२२.ज्येस्ठ नागरिकका लागी पार्क बनाउने छु ।
२३.भ्रस्टाचार मुक्त वडा बनाउने छु ।