धनगढी। धनगढीको नवजीवन अस्पतालले निशुल्क दन्त शिविरको आयोजना गर्ने भएको छ। धनगढी उपमहानगरपालीका ४ स्थीत अस्पतालले भोली (२४ गते देखी चैत २९) गतेसम्म निशुल्क दन्त शिविरको आयोजना गर्न लागेको हो ।
करिव ६ दिनसम्म सञ्चालन हुने निशुल्क दन्त शिविरमा दन्त रोगीको ओपीडि फ्रि,उपचारमा १० प्रतिशत छुट, ल्यावमा १० प्रतिशत छुट लगायत निशुल्क दन्त शिविरमा दन्तरोग सम्बन्धि निशुल्क परामर्श देखी अन्य कुरामा बिशेष छुटको ब्यवस्था गरिएको अस्पतालका सिइयो चक्र खडायतले जानकारी दिएका छन् । निशुल्क दन्त शिविरमा दन्तरोग बिशेषज्ञ डाक्टर कविता अधिकारीद्धारा परिक्षण, चेकजाँच तथा उपचार हुने जनाइएको छ ।
अस्पतालले दन्त सेवाहरूमा मौखिक परीक्षा र एक्स(रे, ओरल प्रोफिलैक्सिसरसफाई (स्केलिंग र पालिसिङ)रोकथाम उपचार, सीलेन्ट फ्लोराइड आवेदन, फिलिंग (एस्थेटिकं रिस्टोरेटिभ), इन्डोडोन्टिक थेरापी (RCT and more), दाँत निकासी(Tooth Extraction), मुकुट र पुलहरू(Crowns and Bridges),, दाँतहरू(Dentures), आपतकालीन दन्त चिकित्सा(Emergency Dentistry)को सेवादिदै आएको छ ।
https://www.facebook.com/supamedia01/videos/382808673718670