बैतडी। चौलानी नदीमा बगेर बैतडीका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका —६ सौगाउँका ४५ वर्षीय खडक बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
मंगलबार बिहान ११ बजेतिर बांगाबगर भन्ने स्थानमा नदीबाट गाई तार्ने क्रममा बोहरालाई नदीले बगाएको स्थानीयहरूले बताएका छन् । बांगाबगरबाट नदीले बगाएका बोहराको शव दोगडाकेदार गाउँपालिका -६ चम्तडीको नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बोहरा कृषि तथा पशु विज्ञान कलेजका कर्मचारी हुन्। उनको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पातालमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।