धनगढी। एशियन लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाको पाँच दिने अभिकर्ता पुर्नताजकिय तालिम आज सम्पन्न भएको छ ।एशियन लाईफ ईन्स्योरेन्सले चैत्र १६ गतेबाट डोटी शाखा अन्र्तगतका प्रत्येक उपशाखा पाँच दिने अभिकर्ता पुर्नताजकिय तालिम दिएको हो ।
एशियन लाईफ ईन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख लोकराज जोशी र डोटी शाखा प्रबन्धक नवराज पण्डितको संयोजकत्वमा तालिम संचालन भएको हो । तलिममा अभिकर्ताहरुलाई बिषम परीस्थितीमा कसरी अभिकर्ताको भुमिका निर्वाह गर्न सकिन्छु र बजारमा अभिकर्ताले कसरी प्रस्तुत हुने सन्दर्भमा जानकारी गराएको डोटी शाखा प्रबन्धक नवराज पण्डित जानकारी दिए ।
कार्यक्रम समापनमा बोल्दै प्रदेश प्रमुख जोशीले भने अहिले देशमा आर्थिक भार परेको छ,यस्तै परीस्थितीमा हामी ग्राहकहरुलाई सुविधा दिनको लागी धेरै योजना बजारमा ल्याएको बताए। अहिले राष्ट्र नै कोरानाले धेरै मानिषको व्यापार व्यावसाय धरासयमा गएका छन ।तालिम चैत्र १६ गते बाजुरा उप-शाखामा,१७ गते अछामको साँफेबगरमा,१८ गते अछामकै मंगलसैनमा,१९ गते दिपायलमा र २० गते डडेल्धुरा सञ्चालन भएको थियो । अभिकर्ता पुर्नताजकिय तालिममा करीब ३ सय ५० जनाको सहभागीता थियो । गत आर्थिक बर्षका उत्कृष्ठ ८० जनालाई सम्मान गरेको थियो ।