बाजुरा। बाजुराको गौमुल गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ। बाजुराको गौमुल गाउँपालिका–२ सियाढुङ्गगामा
संघीय सांसद लाल बहादुर थापाले एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गरेका हुन्। हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो।
एक औपचारिक कार्यक्रमका बीच अस्पतालको शिल्यान्यास गर्दै संघीय सांसद थापाले अस्पतालको शिल्यान्यास गदैं थापाले विकटका जनताको समस्यालाई जहिले पहिलो प्राथमिकता राख्दैं आएको बताएका छन्। जिल्लाका थुप्रै स्थानका जनता अहिले पनि सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेको बताउँदैं अब स्वास्थ्य समस्या विस्तारै हट्दै जाने बताए।
शिलान्यास गरिएको अस्पतालको सबै प्रक्रिया पूरा भएर ९ रोपनी जग्गामा १४ करोड ५८ लाख ६ हजार ९ सय २९ कुल लागतमा अस्पताल निर्माण हुन लागेको हो।दुई वर्षभित्रमा निमार्ण गर्ने गरी पी.एस.रोयल जे.भी. धनगढी कैलालीले निमार्णको ठेक्का लिएको छ । सम्झौता अनुसार निमार्ण प्रक्रिया तीव्र गतिमा अघि बढाईएको छ । गाउँपालिकामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी लगायतमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र पर्याप्त उपकरण नहुँदा स्तरीय सेवा पु¥याउन आफुहरुलाई मुस्किल भईरहेको बेला १० शैयाको अस्पताल निमार्णपछि जनताहरुलाई सेवा दिन सहज हुने गौमुल गाउँपालिकाका हरि बहादुर रोकायाले बताएका छन्।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अस्पताल गौमुल गाउँपालिका कै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्ट, मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित दरबन्दी हुने उनको भनाई छ। गौमुल गाउँपालिकाले अहिले नियमित रुपमा एक सय प्रकारका औषधि स्थानीयलाई निःशुल्क रुपमा प्रदान गदैं आएको उपाध्यक्ष सीता थापाले बताइन्। गाउँपालिकाले सबै प्रकारका औषधि निःशुल्क प्रदान गरिरहेको अवस्थामा थप १० शैयाको अस्पताल निमार्णले सहज हुने उपाध्यक्ष थापाको विश्वास छ । अस्पताल निमार्ण हुने भएपछि गौमुल बासी खुसी भएका छन्। गाउँपालिकामा १० शैयाको अस्पताल निमार्ण गरिने भएपछि आफुहरु खुसी भएको स्थानीय जोगमल रोकायाले बताएका छन्। यसअघि उपचारका लागि देशका विभिन्न शहरमा जानुपर्ने बाध्यता अस्पताल निमार्णपछि हट्ने बताएका छन्।