बाजुरा। बाजुरामा फेरि दुर्घटनाबाट जोगिएको छ। शुक्रबार विहान बाजुराको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकाले निर्माण गरेको फेरि दुर्घटनाबाट जोगिएको हो।
स्वामीकार्तिकबाट जगन्नाथमा खाली ट्याक्टर तार्ने क्रममा जगन्नाथमा तर्फको याङ्कर तार चुडिएपछि फेरि दुर्घटनाको जोखिममा परेको थियो। दुर्घटनाको जोखिम बढेकाले फेरिलाई स्काइभेटरको सहयोगमा उद्धार कार्य गरिएको हो। फेरीमा रहेका चालक र ट्याक्टर चालक सहित अन्य सकुशल रहेको स्वामीकार्तिक इलाका प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक पृथ्वीराज शाहीले जानकारी दिएका छन् ।
कर्णाली नदी तारेर स्वामीकार्तिकबाट खाली भएको भे १ त ९४३१ ट्याक्टर जगन्नाथ लैजाने क्रममा नदीको छेउमा फेरिको डोरी चुडिएको उनले बताए । उनका अनुसार फेरि तान्नका लागि गाउँपालिकाले जेसिबी ल्याएर तान्न तानेको बताए । कर्णाली नदीमा पानीको वहाव बढेकाले तार चुडिएको हुन सक्ने फेरि चालक दीपजङ्ग नाथले बताए ।स्वामीकार्तिक गाउँपालिकाले फागुन ३० गतेबाट औपचारिक रुपमा फेरि संचालनमा ल्याएको थियो । फेरि संचालनपछि गाउँपालिका सडक संजालसंग जोडिएको हो ।