धनगढी : सार्वजनिक यातायात महासंघको सुदूरपश्चिम प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । महासंघका प्रदेश अध्यक्ष दिल बहादूर खलौलाको अध्यक्षमा सम्पन्न भेलामा महासंघका केन्द्रिय अध्यक्ष डोलनाथ खनालको प्रमुख आतिथ्यता थियो ।
भेलामा यातायात ब्यवसायीका समस्याबारे बहस भएको थियो । कार्यक्रममा सहभागी यातायात ब्यवसायीहरुले इन्धनको मुल्य बढिरहेका बेला ब्यवसायीलाई निकै मार परेको अवस्थामा महासंघले भाडा बढाउन गरेको पहलको प्रशंसा गरेका थिए ।
बेलामा महासंघका महासचिव भरत नेपालले संघठनका बारेमा प्रस्तुतिकरण राखेका थिए । यस्तै बरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिनाले समसामयीक बिषयमा छलफल गरेका थिए ।