बैतडी। भीरबाट लडेर बैतडीमा एकजना पुरुषको मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका ७ सुर्कालका ५२ वर्षीय लक्ष्मण बडुको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले सिँचाई कुलो निर्माणका क्रममा बुधबार भीरबाट लडेर मृत्यु भएको बताए। प्रदेश सरकार अन्तर्गत सिँचाइ डिभिजन कार्यालय पाटनबाट उपभोक्ता समितिमार्फत सुर्कालमा कुलो निर्माणको काम भईरहेको छ। उक्त कुलो निर्माणका क्रममा एक्कासी लडेका बडु २५० मिटर तल खसेका र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।