कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजतप्राप्त हातहतियारहरु २०७८ चैत मसान्तसम्म बुझाउन आग्रह गरेको हो । जिल्लाभित्र रहेका हातहतियारहरु नजिकको प्रहरी इकाइमा बुझाउन हातहतियार धनीलाई अनुरोध गर्ने चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो।
स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी किरण थापाले जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको हो । निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध छ, सूचनामा उल्लेख छ । सूचना…