बझाङ। बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। २२ वर्षीया भाइबुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार ४२ वर्षीय जेठाजुलाई पक्राउ गरेको हो ।
गोपनियताका कारण पीडकपीडित दुवैको नाम भने प्रहरीले गोप्य राखेको छ। १२ चैतको बेलुकी युवतीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापेर जबरजस्तीकरणी गरेको भन्ने पीडितले १३ चैतमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उजुरीपछि परिचालन गरिएको प्रहरीले टोलीले ती पुरुषलाई केदारस्युँ गाउँपालिका–१, देउरा बजारबाट पक्राउ गरिएको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए। आइतबार नै स्वास्थ परीक्षण गरी युवतीलाई महिला सुरक्षित आवास गृह सेभ हाउसको जिम्मा लगाइएको छ।
भाइबुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाएर जिल्ला अदालत बझाङले सोमबार ३ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।