धनगढी। कैलालीमा सवारी साधनको गति रोक्न र बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न ‘लिडर स्पिड गन’ प्रयोगमा ल्याइएको छ ।
सडक दुर्घटना रोक्न तथा सवारी साधनको तीव्र गति रोक्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले आधुनिक उपकरण ‘लिडर स्पिड गन’ प्रयोगमा ल्याएको हो । जसअनुसार तीव्र गतिमा सवारी गुडाउनेलाई कारबाही गर्ने भएको छ। सोमबार बिहान पनी तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही गरिएको छ ।
ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले सोमबारबाट कैलालीको अत्तरिया चौराहामा १ सय २० मिटर अगाडिबाट ट्राफिकले ‘लिडार स्पिड गन’ (गति मापन यन्त्र) माध्यमबाट सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै तीव्र गतिमा गुडाउने सवारीलाई कारबाही थालेको बताए। सवारी तीव्र गतिमा हाँक्नाले दुर्घटना बढेको भन्दै तीव्र गतिमा सवारी चलाउनेलाई सुरुमा सम्झाइ बुझाई गर्ने र त्यसको पनि व्यवस्था गरिएको पाइएमा कारबाही गरिने उनले बताए।
बाक्लो बस्ती, बढी दुर्घटना हुने सडकमा बिस्तारै गुड्न सकिने सडकमा सवारीले तीव्र गतिमा गुडाउन थालेपछि लिडार स्पिड गनको प्रयोग गरिएको ट्राफिक प्रहरी निरीक्षक उप्रेतीले बताए । सोमबार मात्रै तीव्र गति गुडाउने ३७ सवारीलाई कारबाही गरिएको छ । जसमा २४ सवारीबाट पाँच सयका दरले जरिवाना लिएर छोडिएको छ । भने १३ सवारी साधनको कागजात नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक गणेश प्रसाद उप्रेतीले जानकारी दिए।