धनगढी : बर्षातका बेला पानी निकासको बिषयले ठुलो झडप भएको ठाउँ धनगढी उप महानगरपालिका वर्डा नम्बर २ र ३ को सिमाना मिलनचोकमा राष्ट्रिय झण्डा फहराइने भएको छ । मालिका युवा सञ्जालले ६ लेन सडक बिचमा ६० फिट अग्लो राष्ट्रिय झण्डा फहराउन लागेको हो ।
राष्ट्रिय झण्डा हाल्नका आज एक कार्यक्रमका बिच जग शिलान्यास गरिएको छ । धनगढी उप महानगरपालिका वर्डा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐर र वर्डा नम्बर २ की सदस्य रतना बिष्टले संयुक्त रुपमा जग शिलान्यास गरेका हुन् ।
करिब २ लाख ५० हजार लागत लाग्ने झण्डाका लागी क्लवका सदस्यहरु, धनगढी उप महानगरपालिकाका नगर प्रमुख, नृप बहादूर वड, वर्डा नम्बर २ का अध्यक्ष नर बहादूर बम, ३ का अध्यक्ष बल बहादूर ऐर, जनता समाजवादी धनगढी नगर अध्यक्ष हेमराज पन्त लगायतले आर्थिक सहयोग गरेका छन् ।
भरतबाट आउने नेपालीहरुले सिमा प्रवेश गरेसंगै राष्ट्रिय झण्डा फहराएको देख्दा राष्ट्रियता झल्किने भएकाले झण्डा राख्न लागेको मालिका युवा सञ्जालका सचिव दिपेस बोहराले बताए ।
साथै वर्डा नम्बर २ र ३ बिच पानी निकासका बिषयमा बिवाद भएपछि सम्बन्धमा केही समस्या आएकाले यो सम्बन्ध सुधार ल्याउनपनि यस राष्ट्रिय झण्डाले भुमिका खेल्ने बोहराको भनाई छ । नयाँ बर्षको दिन झण्डा उद्घाटन गर्ने गरी काम शुरु गरिएको उनले बताए ।