धनगढी। धनगढीस्थीत माया मेट्रो हस्पिटल प्रा.ली.मा कार्यरत वरिष्ठ न्युरो सर्जन डा.हरि पौडेल सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै वरिष्ठ न्युरो सर्जन डा. पौडेल सम्मानित भएका हुन् ।स्वास्थ्य क्षेत्रमा गरेको अमूल्य योगदानको कदर गर्दै उनलाई नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले सम्मान गरेको माया मेट्रो हस्पिटल प्रालीले जनाएको छ।
माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले हस्पिटलमा कार्यरत डा. पौडेललाई नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले स्वास्थ्य क्षेत्रमा गरेको अमुल्य योगदानको कदर गर्दै सम्मानित भएकोमा गर्ब महसुस भएको बताए। माया मेट्रो अस्पताल परिवार डाक्टर प्रती खुसी ब्यक्त गर्नुको साथै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको उनले जानकारी दिए। उनलाई कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले कदर पत्र सहित दोसल्ला ओढाएर समान्न गरेको सस्थाका अध्यक्ष पदमराज जोशि प्रभातले जानकारी दिएका छन् ।