धनगढी। कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’बाट घरेलु टोली सुदूरपश्चिम प्रदेश बाहिरिएको छ । क्वाटरफाइनलमा विभागिय टोली एपीएफसंग पराजित हुँदै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो ।
बिहीबार विहान भएको क्वाटरफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफ भने सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगिसकेका छन्।
अहिले सेमिफाइनल प्रवेशका लागि बागमती प्रदेश र एपिएफबीच खेल छ। १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।