डडेल्धुरा। सुक्खा पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ। दुई ओटा डोजर लगाइए एकतर्फी रुपमा सडक खुलाइएको हो। बुधबार डडेल्धुराको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको थियो।
पहिरोका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएको थियो। अहिले सडक सडक सञ्चालनमा आएपछि जाममा परेको सवारीहरुलाई पास गराइरहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।