धनगढी । धनगढी स्थीत नवजीवन अस्पतालमा आज देखी दन्तरोगको उपचार सेवा सुरु भएको छ । एक पछि अर्को सेवा थप गर्दै धनगढी उपमहानगरपालीका ४ मा रहेको अस्पतालले आज देखी बिशेषज्ञ चिकित्सक तथा दन्त ल्याब सहित दन्त रोग बिभाग सञ्चालनमा ल्याइएको हो ।
अस्पतालका सिइओ चक्र खडायतका अनुसार दन्त रोग सम्बन्धित सम्म्पुर्ण रोगहरुको उपचार सेवा दिने उदेश्य सहित आजबाट नवजीवन अस्पतालमा यो सेवा सुचारु गरिएको जानकारी दिए ।उनले दन्तरोग बिशेषज्ञ डाक्टर कविता अधिकारीद्धारा परिक्षण, चेकजाँच तथा उपचार हुने बताएका छन् ।
उनले दन्त सेवाहरूमा मौखिक परीक्षा र एक्स-रे, ओरल प्रोफिलैक्सिसरसफाई (स्केलिंग र पालिसिङ)रोकथाम उपचार, सीलेन्ट फ्लोराइड आवेदन, फिलिंग (एस्थेटिकं रिस्टोरेटिभ), इन्डोडोन्टिक थेरापी (RCT and more), दाँत निकासी(Tooth Extraction), मुकुट र पुलहरू(Crowns and Bridges), दाँतहरू(Dentures), आपतकालीन दन्त चिकित्सा(Emergency Dentistry)को सेवा रहेको जानकारी गराए ।