हरिश भट्ट धनगढी : आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ ।
‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायत यावत् सवालमा अहिले जताततै चर्चा परिचर्चा छ । त्यसमाथि, सुदूरपश्चिमको स्थाई राजधानी तोकिएको गोदावरी नगरपालिकालाई अझ विशेषरूपमा हेरिन थालिएको छ । खासगरी, कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने कौतुहलता आमरूपमा देखिएको छ ।
अहिले गोदावरी नगरको नेतृत्व गरिरहेको नेकपा एमालेबाट ३ जना मेयरका आकाक्षीं देखिएका छन् । बर्तमान मेयर हरि सिहं साउँद, एमाले कैलाली जिल्ला कमिटि सदस्य आनन्द भट्ट र २०७४ सालमा माओवादी केन्द्रको तर्फबाट मेयरमा चुनाव लडेका बर्तमान एमाले गोदावरी नगर कमिटि अध्यक्ष गोकर्ण भट्टले मेयरको आकाक्षां देखाएका छन् ।
पार्टीमा योगदान दिएका ब्यक्तीहरुले मेयरमा आकाक्षां देखाउनु स्वभाविक हो एमाले गोदावरी नगर अध्यक्ष समेत रहेका मेयरका आकाक्षीं गोकर्ण भट्टले भने “म नगर अध्यक्ष भएका कारण आकाक्षीं स्वभाविकनै हुन्छु र पाउनुपर्छ भन्नेपनि माग हो तर पार्टीले अहिलेनै कुनै सिफारिश र टुगाें नलगाएकाले हामी ब्यक्ती प्रतिस्प्रधामा जाँदैनौ अन्तिम निर्णय पार्टीको हुने छ ।”
पार्टी जिल्ला कमिटि सदस्य आनन्द भट्टले बर्तमान मेयर हरी सिहं साउँद, एमाले अध्यक्ष गोकर्ण भट्ट र म आफैलेपनि मेयरमा दावी गरेको बताए । अहिले पार्टीको आधिकारिक धारण आएको छैन तर साथीहरुले दावी भने गरिराख्नुभएको छ उनले भने “तर पार्टीको निर्णय सबैले मान्नुपर्छ हामी ब्यक्तीभन्दापनि पार्टीलाई जिताउने छौँ पार्टीले जो ब्यक्तीलाई योज्ञ ठान्छ टिकट दिन्छ ।”
हामीले तत्कालिन समयमा एमाले एक्लै हुँदापनि काग्रेंससंग १४ सय बढी मत ल्याएर मेयरमा जितेका हौँ उनले भने “माओवादीबाट मेयरमा चुनाव लड्दा ६ हजार मत गोकर्ण भट्टले ल्याउनुभएको थियो, उहाँ हामीसंग हुनुहुन्छ अहिले उहाँलेपनि दावी गर्नुभाको छ त्यस कारण हामी ७० प्रतिशत मत ल्याएर गोदावरी नगरमा बिजयी हुन्छौँ ।” र समाजवादीले हामीलाई केही फरक पार्दैन त्यहाँ नेता मात्रै छन् उनले भने “कार्यक्रता र जनता सबै हामीसंग छन् ३ हजार २ सय संगठित सदस्य भएको ठुलो पार्टी एमाले चुनावमा एकताबद्ध भएर जान्छ र आफ्नो उम्मेदवारलाई बहुमतले बिजयी गराउने छ ।”
नेपाली काग्रेंसले भने २०७४ सालको निर्वाचनमा बर्तमान मेयर हरि सिहं साउँदसंग पराजित भएका बिरेन्द्र भट्टलाइनै उम्मेदवार बनाउने तयारी गरेको छ । सामान्यतया अरुले दावी गरेपनि बिरेन्द्र भट्टनै काग्रेंसको उम्मेदवार बन्ने पक्कापक्की भएको काग्रेंसका एक नेताले बताए । भट्टलेपनि स्वभाविक रुपमा आफु मेयरको उम्मेदवार रहने बताए । गत स्थानिय तहाको निर्वाचनमापनि म उप बिजेताको रुपमा रहेको थिए भट्टले भने “यसपाली मैले पाउनुपर्छ भन्ने मेरो दावी हो, काग्रेंसको जनलहर राम्रो छ काग्रेंस गोदावरी नगरपालिकामा बिजयी हुन्छ ।”
नेपाली काग्रेंसका गोदावरी नगरमा करिब २७ सय कृयाशिल सदस्य छन् उनले भने “काग्रेंसलाई जिताउने अभियानमा म घर÷घरमै पुगिरहेको छु, कम्युनिस्टले ५ बर्षमा देखाएको रबावका कारणपनि अब काग्रेंसलाइनै जनता रोज्ने पक्षमा छन् ।”
माओवादी केन्द्रलेपनि चुनावलाई केन्द्रित गरेर आफ्ना गरिबिधिहरु ब्ढाएको छ । माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश कार्यालय सचिव उद्धव भट्टराई, पार्टी गोदावरी नगर अध्यक्ष धर्म सिहं कुँवर र नेता मेघराज भट्टले मेयरका लागी आकाक्षां देखाएका छन् ।
नेताहरुले आकाक्षां देखाएपनि घोषणा गर्नुभाको छैन नगर अध्यक्ष धर्म सिहं कुवँरले भने “गठबन्दन हुने या नहुने कोसित हुने भनेरपनि पार्टीले आधिकारिक निर्णय गरेको छैन त्यस कारण हामीले घोषणा गरेका छैनौ तरपनि सहमतीका आधारमा पार्टीबाट एकजनानै उम्मेद्वार बन्नुहुन्छ ।” हाम्रो पार्टीको संगठित सदस्यहरु १८ सय बढी छन् बिगतको तुलनामा धेरै सदस्य बढाएका छौँ कुँवरले भने “हामीले वर्डा, टोल भेला र बैठकहरु समेत सम्पन्न गराइसकेका छौँ अहिले हाम्रो पार्टीमा जनताको आकर्षण बढेको छ जुन ब्यक्ती उम्मेदवार बनेपनि हाम्रो पार्टी बिजयी हुन्छ ।”
यस्तै नेकपा एकिकृत समाजवादी पार्टीबाट गोदावरी नगर अध्यक्ष समेत रहेका टेक बिकले मेयरमा दावी गरेका छन् । अहिलेसम्म पार्टीले नामपनि मागेको छैन उनले भने “कसलाई केमा उम्मेदवार बनाउने आधिकारिकता आएको छैन मलाई कुनै नेतालेपनि मेयरको उमेदवार छु भनेरपनि भन्नुभाको छैन तर म चाही मेयरको उम्मेद्वार हुँ ।”