बाजुरा। बाजुरामा पाँच वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ परेका छन्। बाजुरा प्रहरीले जगन्नाथ गाउँपालिका–५ तल्लो काप्रीका ३२ वर्षीय नेत्र शाही(नवराज)लाई ५ वर्षपछि पक्राउ गरेको हो ।
एक महिला माथि राति सुतेको अवस्थामा बलात्कार गरी फरार रहेको पाँच वर्षपछि जगन्नाथ गाउँपालिकाको गाउँमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले पक्राउ गरेको हो। शाहीलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले बताए ।
शाहीले २०७४ पुस १३ गते राति स्थानीय एक जना महिलालाई बलात्कार गरेका थिए। सोही दिनदेखि शाही फरार थिए । एकल महिला छोराछोरी सहित सुतेको मौका छोपी जवरजस्ती बलात्कार गरेको प्रमाण सहित मुद्धा चलाइएको थियो। पक्राउ परेका अभियुक्त शाहीलाई जिल्ला अदालत बाजुराले २०७६ भदौ ३ गते दुई वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको थियो।
फरार अभियुक्त खोजतलास गर्ने क्रममा जगन्नाथ गाउँपालिकाको गाउँमा लेकिछिपी बसेको अवस्थामा पक्राउ गरि जिल्ला अदालत बाजुरामा उपस्थित गराई जिल्ला कारागार बाजुरामा जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । उच्च अदालतल दिपायलको २०७७ मंसिर ३० गतेको फैसलाले पनि शाहीलाई २ वर्ष ६ महिना कैद ठहर गरेको थियो ।