धनगढी : बझाङमा नेपाली काग्रेंस र एकिकृत समाजवादी छोडेर केही नेताहरुले माओवादीमा प्रवेश गरेका छन् ।
नेकपा एकिकृत समाजवादीका केदारस्युँ गाउँ कमिटि सचिव देव बहादूर धामी, केदारस्युँ ५ का काग्रेंस कृयाशिल सदस्य दिपक बहादूर धामी र ललित धामीले पार्टी छोड्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका ईन्चार्ज खगराज भट्टले पार्टीमा स्वागत गरेका हुन् । माओवादीमा प्रवेश गर्दै उनिहरुले अब देशलाई निकाश दिने र देशको सम्बृद्धी गर्ने एक मात्रै पार्टी माओवादीनै भएका कारण माओवादीमा प्रवेश गरेको बताएका छन् ।