धनगढी : मालिकार्जुन दार्चुला सेवा समितिले धनगढीमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । चैत ५ गते चौथो रक्तदान कार्यक्रम धनगढीको चौलानी डिपाट्मेन्टल स्टोरको प्रागंणमा बिहान ८ बजेदेखी आयोजा हुने समितिका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिए ।
२०७६ फागुन ६ गते पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको समितिले बर्षमा दुई पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यस पटकको रक्तदान कार्यक्रममा सबैलाई सहभागी हुनका लागी समितिले आग्रह गरेको छ ।
साथै समितिले योग केन्द्र स्थापना गरेर २०७८ असोजदेखी नियमित योग अभ्यास सञ्चालनमा गर्दै आएको छ । यस्तै प्राबिधिक बिषय पढ्ने बिद्यार्थीलाई तालिम, सरसफाई कार्यक्रम, धनगढीको कपडा बैकंलाई कपडा सहयोग लगायत बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।