धनगढी।धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा दोस्रो दिन भएको खेलमा बागमती युथ क्लब विजयी भएको छ। धनगढी रंगशालामा शुक्रवार भएकोे खेलमा एनआरटीलाई ४-३ गोलले पेनाल्टी सुटआउटमा पराजित गरेको हो।
निर्धारित समयमा २-२ गोल भएपछि निर्णय पेनाल्टीमा हुन पुगेको हो। आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले फागुन १९ गतेबाट सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । हिजो बिहिवार उद्धघाटन खेलमा दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको थियो । जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ।
उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।