धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्।
बिहीबार धनगढीमा आयोजित घोषणा सभामा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। कार्यक्रममा हमालले ‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए ।
‘अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमालले अन्तिम पटक उम्मेदवारी दिएको बताउदै भने, ‘मलाई जे दिएको हो, यही धनगढी र सुदूरपश्चिमले दिएको हो। अब यो माटोको सम्मान गर्दै मैले पाँच वर्ष धनगढीलाई निस्वार्थ सेवा दिने योजना बनाएको छु्।’
कार्यक्रममा व्यवसायी प्रकाश भट्टले स्वागत मन्तव्य राखेका थिए भने सुदूरपश्चिम समाज कोरियाका पूर्वअध्यक्ष तथा व्यवसायी धर्मराज जोशीले शुभकामना मन्तव्य राखेका थिए। यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।