धनगढी। धनगढीस्थीत नवजीवन अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । धनगढी वडा नम्बर ४ मा रहेको अस्पतालले फागुन १७ देखि २७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
अस्पतालका सि इ ओ चक्र बहादुर खडायतले फागुन १७ गतेदेखि निःशुल्क शिविरको आयोजना चलिरहेको जानकारी दिए। निशुल्क स्वास्थ्य शिविरमा नवजात शिशु तथा बालरोग सम्बन्धी, छाला तथा यौन रोग सम्बन्धी र मानसिक तथा नशा रोग सम्बन्धी सेवाहरु दिइरहको जनाइएको छ। यस्तै डाक्टर राजेश पञ्जीयारको फागुन २१ गते फि क्याम्प रहेको छ ।
फि क्याम्प मार्फत बरिष्ठ मुटु रोग बिशेषज्ञद्धारा मुटुरोगको उपचार सेवा उपलब्ध रहेको जनाइएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको जनाएको छ ।निःशुल्क स्वास्थ्य शिविरबाट बिरामीले स्वास्थ्य लाभ लिन पाउने भएका छन् । थप जानकारीका लागी यहाँ तल हेर्नुहोस