धनगढी। धनगढीस्थीत माया मेट्रो अस्पतालमा मुटु रोगका बिरामीहरुको निशुल्क चेकजाँच हुने भएको छ।
धनगढी ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालले मुटु रोगका विरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क चेकजाँच गर्ने जनाएको हो। मुटु रोग सम्बन्धी समस्या भएका विरामीहरुको फागुन २० र २१ गते मुटु रोग सम्बन्धी समस्या भएका विरामीहरुको निशुल्क रुपमा सेवा सञ्चालन गर्न लागेको अस्पतालका सञ्चालक धिरेन्द्र साउँदले जानकारी दिए।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा.कृष्ण चन्द अधिकारीद्धारा विरामीहरुको निशुल्क चेकजाँच गरिने हस्पिटलका लेखा प्रमुख धर्म शम्सेर बोगटीले बताए । उनले पछिल्लो समय विभिन्न कारणले मुटु रोगका बिरामीहरुको संख्या बढ्दै गईरहेकाले अस्पतालले निशुल्क शिविर आयोजना गर्न लागेको बताए । यसका साथै अस्पतालले ल्याब परिक्षणमा पनि २० प्रतिशत छुटको व्यवस्था गरेको उनले बताए ।थप जानकारीका लागी यो पनी पढ्नुहोस