डडेल्धुरा। डडेल्धुरामा जीप दुर्घटना भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका १ कोटेलीबाट जिल्ला सदरमुकाम बागबजार आउँदै गरेको जीप दुर्घटना भएको हो।
दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ। से १ ज ४०१ नं को जीप केआइसिंह राजमार्गको युटर्न मोड नजिक अनियन्त्रि भई पल्टिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
यात्रुहरु काम विषेश र शिवरात्री मेला भर्न सदरमुकाम आउँदै थिए। घाइतेहरुको डडेल्धुरा अस्पतालमा पचार भइरहेकोमा ८ जना डिस्चार्ज भइसकेका र २ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ।नवदुर्गा-१ की ६० वर्षीया यशोदादेवी ऐर र र सोही ठाउँकी ५० वर्षीया सीता पार्कीको उपचार भइरहेको हो।
जीप चालक नवदुर्गा गाउँपालिका-१ कोटेलीका २८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक केवी साउदले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने बताए। दुर्घटनाको कारणबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक साउदले बताए ।