धनगढी। धनगढीमा एक किशोरीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-८ मा डेरा गरी बस्दै आएकी एक किशोरीको मृत्यु भएको हो ।
पढाईका लागि धनगढीमा डेरा गरी बस्दै आएकी बैतडीको पुर्चौंडी नगरपालिका ६ की १८ बर्षीया मनिषा जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार (हिजो) उनले सेल्फास सेवन गरेकी र लगत्तै सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजोनै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन् ।