धनगढी : नेपाल मगर संघ जिल्ला समन्वय समिति कैलालीले युवा ब्यवसायी तथा नेता डिल्ली राज भट्ट सम्मानित भएका छन् । नेपाल मगर संघ कैलालीको आयोजना र गोदावरीको समन्वयमा आयोजना गरिएको ४० औँ स्थापना दिवशको अवशर पारी भट्टलाई सम्मान गरेको हो ।
बिश्व महामारी प्राण घातक रोग कोभिड १९ का बेला अशक्त, असहाय, बिपन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई उल्लेखनिय सहयोग गरेकोमा प्रशंसा गर्दै संघले सम्मान गरेको हो ।
भट्टलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री तारालामाकोपनि सहभागिता थियो । सम्मान पश्चात भट्टले मगर संघ कैलालीलाई धन्यबाद दिएका छन् । आफुले समाजप्रति निभाएको उत्तरदायित्वमा मगरसंघलेपनि सहकार्य गरेको भट्टले बताए ।
समाजमा हुर्किसकेपछि समाजको दुख र समस्यासंगै हातेमालो गर्दै अगाडी बढ्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आफुले कोभिड १९ का बेला केही काम गरेको र सो कामको प्रशसां गर्दै मगर संघले सम्मान गरेको भन्दै भट्टले धन्यबाद दिए । यो सम्मानले समाजप्रति थप जिम्मेवारी बढेको उनले बताए । भट्ट यसअघी सशस्त्र प्रहरीबाटपनि सम्मानित भएका थिए ।