धनगढी । मानव अधिकार अधिवक्ता तेजश्री थापाको पुनित स्मृतीमा लैंगिक असमानता र यौन दुव्र्यवहार जस्ता मानवता विरुद्दको जुम्ल्याहा अपराधलाई प्रतिरोध गर्न धनगढीका ४ वडा विद्यालयमा शसक्तिकरण सम्बन्धी तालिम शुरु भएको छ ।
धनगढीका चन्द्रोदय मावि, सर्वोदय मावि, पंचोदय मावि र जन जागृती माविमा तालिम संञ्चालन हुने छ । कक्षा ८ र ९ मा अध्ययनरत नवयुवा विद्यार्थीहरुलाई लैंगिक असमानता र यौन दुव्र्यवहार प्रतिरोध गर्न सक्षम बनाउने उदेश्यले शुरु भएको तालिममा ४ वटा विद्यालयका ४ सय विद्यार्थी लाई तालिम दिने लक्ष्य रहेको भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानकी तालिम तथा अनुसन्धान अधिकृत विन्दु पुनले जानकारी दिनु भएको छ ।
मानव अधिकार अधिवक्ता तेजश्री थापाको पुनित स्मृतीमा मा समर्पित यस कार्यक्रमको शुरुवात धनगढी उपहमानगरपालिका वडा नम्बर १८ मा रहेको चन्द्रोदय उच्च मा.वि बाट शुरु भएको छ ।
कार्यक्रममा प्रमुख अतिर्थी वडा नम्बर १८ का वडा अध्यक्ष मुरारी अधिकारी रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले लैंगिक यौन दुर्यवाहर तथा बलात्कारका घटनाहरु बढ्दै गैरहेकाले यो तालिम ले नवयुवा हरुलाई यस सामाजिक समस्या बाट बचाउन का लागि सहयोग गर्ने बिश्वास ब्यक्त गरे ।
त्यस्तै कार्यक्रमा बोल्दैधनगढी उपमहानगरपालिकाका महिला शाखा संयोजक अनिता बुधाऐर ज्यूले लैंगिक असमताना र यौन दुर्व्यवहार हाम्रो समाजमा व्याप्त रहेको हुदाँ बालिका हरुमा मात्र नभएर बालकहरु पनि यस्तो घटनाबात पिडित रहेको बताइन् ।