डडेल्धुरा। डडेल्धुरा जिल्ला सदरमुकाममा टिप्पर दुर्घटना भएको छ।
शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको हो।भने एकजना घाइते भएका छन्। सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको टिप्पर ब्याक गर्दा खसेको बुझिएको जनाइएको छ।
मृतक र घाइतेको परिचय खुलिसकेको छैन। केस निमार्ण कम्पनीको टिप्पर रानीधाराबाट खोलामा खसेको छ । मृतक र घाइतेको परिचयन खुलिसकेको छैन। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ उनको अवस्था मध्यम रहेको छ । मृत्युको शवलाई पनि डडेल्धुरा अस्पतालमा राखीएको छ । दुर्घटना स्थलमा प्रहरी पुगेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।