बालबालिकालाई आवश्यक पर्ने सबै सामग्री तथा सुबिधा भएको प्रि स्कुल धनगढीमा सञ्चालन भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर २ मेनरोड ब्रगर हाउस पछाडी वी किड्स प्रि स्कुल सञ्चालनमा आएको हो ।
साना बालबालिकाहरुलाई खेल्दै सिकाउँदै ब्यवहारिक ज्ञानको माध्यमबाट उनिहरुको शारिरिक। मानसिक र कलाको बिकास गराउँदै पढ्न र लेख्नका लागी जागरुक बनाउने किसिमको पाठ्यक्रममा आधारित वी किड्स प्रि स्कुल सञ्चालन भएको हो ।
बिद्यार्थी केन्द्रित सिकाइमा एउटा खम्बा थप्ने उद्देश्यले वी किड्सलाई धनगढीमा भित्र्याएको स्कुलका सञ्चालक दी राज ओझाले बताए । ब्रिटिस स्कुलको पाठ्यक्रममा आधारित सो स्कुल वी किड्स काठमाण्डौँ संगैको सम्बद्धतामा सञ्चालन भएको हो । दक्ष जनशक्तीबाट बालबालिका मैत्रीपुर्ण प्रयोगात्मक र सिपमुलक शैक्षिक वातावरणमा पठन पाठन गराइने यस स्कुलमा डेढ बर्षदेखी ६ बर्षसम्मका बालबालिकाहरुका लागी लक्षित गरिएको सञ्चालक ओझाले बताए ।
बालबालिकाको समग्र बिकास र उनिहरुको मानसिक शारिरिक स्वास्थ्यको बारेमा सचेत मध्यबर्गिय परिवार लक्षित गरी स्कुल खोलिएको जनाइएको छ । स्कुलमा बालबालिकाको उमेर अनुसार उपयुक्त पुर्वाधार, दक्ष जनशक्तीका साथै वेवी स्वूमिङ पुल, मन्टेश्वरी ल्याव, पुस्तकालय, प्रयास खेल तथा शैक्षिक सामग्री, खेलमैदानको ब्यवस्था रहेको र आवश्यक्ता अनुसार पुर्वाधार थपिने स्कुल प्रशासनले जनाएको छ ।
शैक्षिक शुल्कमानै मासिक शैक्षिक क्रियाकलाप र बिद्यार्थी बिकास शुल्क समावेश गरिएको र सोही शुल्कमा दिनको ३ पटकको स्वच्छ, पौष्टिक र ताजा खाना स्कुलले खुवाउने जनाएको छ । वी किड्स प्रि स्कुलले प्रत्येक बालबालिकाको समग्र रेकर्ड (eyfs) सप्टवेयर प्रयोग गरी ट्रयाक गर्ने गरेको र शैक्षिक शत्रको अन्तमा सबै रेकर्डहरु प्रदान गर्ने हुँदा अबिभावकहरुले घरमै बसेर बालबालिकाको सम्पुर्ण जानकारी लिन सक्ने स्कुलकी राष्ट्रि शिक्षक संयोजक कामना पन्तले बताइन् ।
प्रत्येक कक्षामा सिमित संख्यामा बिद्यार्थी भर्ना र बिद्यार्थीहरुको समग्र बृती बिकासको लागी बिषेस ध्यानमा राखी स्कुल सञ्चालन गरिएको जनाएको छ । काठमाण्डौँ स्थित मुख्य कार्यालयले समय समयमा आवश्यक निर्देशन, जनशक्ती परिचालन, कक्षागत सहयोग, सप्टवेयर सहयोग र निरन्तर शिक्षक प्रशिक्षणका साथै अबिभावक अभिमुखीकरण समेत प्रदान गर्ने वी किड्स फ्रान्चाइजीका सञ्चालक महेशचन्द्र घिमिरेले बताए । दक्ष र प्रशिक्षित शिक्षक र प्रशिक्षकहरुको उपलब्धता, पुर्ण क्लाउड आधारित अभिलेख राख्ने प्रणाली, बिद्यार्थी ट्र्याकिङका लागी आधुनिक सप्टवेयर र निगरानी प्रणाली ब्राण्डका सबल पक्ष रहेको घिमिरेले बताए ।