बाजुरा। बाजुरामा प्रभु गिरीको बिभत्स हत्या गर्ने मुख्य अभियुक्त १६ बर्षपछि भारतबाट पक्राउ परेका छन् । बाजुराको त्रिबेणी नगरपलिका ८ कालापानीका २४ बर्षिय नवराज भन्ने प्रभु गिरीको हत्या गर्ने मुख्य योजनाकार पक्राउ परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । प्रभुको हत्या गर्ने मुख्य योजनाकार भरत गिरीलाई १६ बर्ष पछि भारत बाट प्रक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख चर्तुभुज ओझाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यलय बाजुराले १६ बर्ष देखी भारतमा लुकिछिपि बसिरहेका उनलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो। मुख्य योजनाकार भरत गिरी पनि कालापानी गाउँकै रहेको प्रहरीले जनाएको छ। प्रहरीले इन्टरपोल संगको समन्वय तथा भारतिय प्रहरीको सहयोगमा भारतको उत्तराखण्ड प्रक्राउ गरेर नेपाल ल्याएको हो। मुख्य योजनाकार भारत फरार रहेका थिए, भने हत्यामा संलग्न अन्य ९ जनाले भने जेल भुक्तान गरिसकेको प्रहरीले जनाएको छ। प्रभुलाई सुतिरहेको बेला पसलमा पुकार किन्न जाउ भनेर भरतले बोलाएर लगेका थिए।
पसल नपुग्दै बाटो बाटै भट्याको रुखमा भिमलको डोरीले बाँधि साईकलो चैन, लाठि, मुग्रा, ढुङ्गा प्रहार गरी निर्ममता पुर्वक हत्या गरेर नजिकै रहेको गहुँ बारीमा फालेका थिए। प्रभु गिरीको २०६३ साल माघ १० गते साँझ बिभत्स हत्या गरेको थियो। प्रभुको टाउको फुटाएर गिद्धि समेत देखिएको पुरै शरिरमा निल डाम देखिएका थिए। तत्काल मृतकको दाईले किटानी जाहेरी दिएका थिए। भरत गिरी प्रभुको हत्या पछि फरार भएका थिए,अन्य सह अभियुक्तहरु भने प्रक्राउ परेका थिए।प्रभुलाइ हत्या गर्नुको कारण भरत गिरीले आफ्नै काकाको छोरी बहीनि नाता लाग्ने सँग अनैतिक गलत सम्बन्ध राखेको अबस्थामा प्रभु गिरीले रंगे हात भेटेपछि भरतले प्रभुलाई हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत बाजुराले २०६८ माघ ४ गते भरत गिरीलाई सर्वश्व सहति जन्म कैदको फैसला गरेको थियो । त्यस्तै पुनराबेदन अदालत दिपायलले पनि सोही फैसला सदर गरेको थियो।सर्वोच्च अदालतले भने २०७० भदौ २१ गते जन्म कैदको फैसला ठहर गरेको थियो। प्रभु हत्या भएको १६ बर्ष पछि मुख्य अभियुक्त प्रक्राउ परेपछि पिडितले न्यायको अनुभुति भएको वताएका छन् । फरार अभियुक्त प्रक्राउ गर्नका लागि प्रहरी लामो समय देखी खोजी कार्यमा लागेको थियो। भारतमै पुगेर लुकिछिपि बसेको अबस्थामा १६ बर्ष पछि अपराधि प्रक्राउ गर्न सफल भएको प्रहरी प्रमुख ओझाले वताएका छन्।मृतक प्रभुकि भाउजु तारा गिरीले भनिन्, ढिलै भएपनि न्याय पाएको वताईन्। हामीले न्याय पाउने आश मारिसकेका थियौ, तर प्रहरी हत्यारा प्रक्राउ गर्न सफल हुदा खुशी भएको ताराले वताईन् ।