बाजुरा । बाजुरामा हलियाहरुले सरकारी कोटामा आरक्षण कोटाको व्यवस्था हुनुपर्ने माग गरेका छन । बाजुराको जगन्नाथ गाउँपालिका वडा नं. २ लुमामा रहेका हलियाहरुले सरकारले हलियाहरुकोलागि आरक्षणको कोठाको ब्यबस्था गर्नुपर्ने माग गरेका हुन ।
मधेसी र अन्य जातजातिलाई आरक्षण कोटा दिने तर हलियाहरुलाई नदिएर हलियाहरुमाथि अन्याय गरेको उनिहरुले बताएका छन ।सरकारले मुक्त हलिया घोषणा गरेपनि हलियाहरुको जिविको पार्जनकालागि कुनैपनि चासो नदिएको उनिहरुको आरोप छ।
मुक्त हलियाले परिवार पाल्न समस्या भएको, हलियाहरुकालागि अहिलेसम्म पनि कसैले चासो नदिएको र हलियाको छुटुयाइएको भुक्तानीमा अनियमितता भएको, सरकारी कोटामा हलियाहरुका लागि आरक्षणको ब्यबस्था, प्रमाणिकरण हुनवाट छुटेका हलियाहरुको तथ्यांक लिनुपर्ने, छुट भएका हलियाहरुको तथ्यांक संकलन गरिनुपर्ने माग राखेका छन । उनिहरुले खेतियोग्य जमिन नहुँदा अन्न वालि पनि उत्पादन गर्न नसकेको बताएका छन । पीसविन वाजुराले वडा नं. २ लुमामा रहेका हलियाहरुका सवालका विषयमा गरेको छलफल कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन ।त्यस्तै आयआर्जन तथा सिपमुलक तालिमको पनि आवश्यक रहेको बताएका छन ।