बैतडी। बैतडीको पाटनमा टिप्पर दुर्घटना हुँदा ३ जना बिद्यार्थीको मृत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका– ३ गरुडामा टिप्पर दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ। गुरुडा देखि धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नं को टिपर दुर्घटना हुदा दुई विद्यार्थीसहित ३ जनाको मृत्यु भएको घटनास्थलमा खटिएका खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।दाउरा लिन गएको निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ। टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार टिप्पर दुर्घटना हुँदा दुई विद्यार्थी र एक अन्य गरी तीन जनाको मृत्यु भएको हो। पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। ४५ वर्षीय पन्त टिपरमा काठ लोड गर्न जादैगरेका हुन भने बिष्ट र अवस्थी बिद्यार्थी हुन् ।उनका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। १२ वर्षीय राजेश पन्त, १२ वर्षकै सुनिल भट्ट, १२ वर्षकै अमित बिष्ट र १३ वर्षीय सुदिप पन्त घाइते भएका छन्। घाइते एकजनाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक खड्काले बताए।स्कुलबाट छुट्टी भएका बिद्यार्थी टिप्परमा चढेको र टिप्पर ब्याग गर्दा माटोमा धसेर दुर्घटना भएको बुझिएको बताए। ५ जना घाइते भएको र थप बिवरण आउन नसकेको उनले बताए। टिप्परमा करीब २५ जना विद्यार्थी चढेर घर फर्किदै गरेको अवस्थामा भएको दुर्घटनामा ठूलो क्षती भएको हुनसक्ने बताइएको छ। घटनास्थलमा ईलाका प्रहरी कार्यालयको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालयबाट टोलि परिचालन गरिएको हो।