धनगढी : नेकपा एकिकृत समाजवादी पार्टी कैलालीले जिल्लाका स्थानिय तहहरुमा आफ्नो पार्टीका बिस्तारित बैठक तथा कार्यक्रम गर्न निर्देशन दिएको छ । जिल्ला कमिटि कैलालीको बैठकले पालिका कमिटिहरुलाई बिस्तारित बैठक तथा जनसंगठनहरुलाई भेला गर्न निर्देशन दिने निर्णय गरेको पार्टी जिल्ला कमिटि कैलालीका बरिष्ठ उपाध्यक्ष बिमल जोशीले जानकारी दिए ।
बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा पुरै वडा कमिटिका पदाधिकारी, टोल कमिटिका अध्यक्ष तथा जनसंगठनका जिल्ला कमिटि सदस्य तथा पदाधिकारीसम्म सहभागी गराउन पाउने पार्टीले जनाएको छ ।
पार्टीले पालिकाहरुमा बिस्तारित बैठक गर्नका लागी मिति समेत तय गरेको छ । फागुन १० गते घोडाघोडी नगरपालिकामा, ११ गते बर्दगोरियामा, १२ गते चुरे, १३ गते धनगढी, १५ गते गोदावरी, १६ गते गौरिगंगा, १७ गते जोशिपुर, १८ गते भजनी, १९ गते टिकापुर, २० गते लम्की, २१ गते जानकी र २२ गते मोहन्याल गाउँपालिकामा बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको बरिष्ठ उपाध्यक्ष जोशीले बताए ।
यस्तै पार्टीलाई चलायमान बनाउन तथा जनस्थरमा स्थापित गराउन पार्टी सम्बद्ध जनसंगठनहरुको महत्वपुर्ण भुमिका रहने भन्दै जनसंगठनहरुलाई भेला गर्नपनि निर्देशन दिइएको छ ।
फागुन १४ गते अखिल नेपाल महिला संघ समाजवादीको, २५ गते अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन र फागुन मसान्तभित्र अखिल नेपाल किसान महासंघको भेला सम्पन्न गर्न पार्टी जिल्ला कमिटिले निर्देशन दिएको पार्टी जिल्ला कमिटिका बष्ठि उपाध्यक्ष बिमल जोशीले जानकारी दिए ।