धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६१ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १० जना संक्रमित विरामीको उपचाररत छन्। तीमध्ये ५ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।यस्तै सोही अवधिमा १ जना अस्पतालमा भर्ना भएका छन् ।भने पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । गोदावरी नगरपालिका – १ का ६८ वर्षीय पुरुषको अस्पतालमा कोरोना उपचारका क्रममा मृत्यु भएको हो ।