कैलाली। एमसीसी सम्झौताको बिरुद्ध कैलाली, कञ्चनपुर र डोटीमा राके जुलुस निकालिएको छ ।यता कैलालीको अत्तरियामा ५ राजनीतिक दल र देशभक्त जनतान्त्रिक मोर्चाले एमसीसीको विरुद्धमा राके जुलुस निकालिएको हो ।
फागुन ४ गते गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा अत्तरिया चोकमा राके जुँलुस निकालिएको अखिल (क्रान्तिकारी) सुदूरपश्चिमका प्रदेश संयोजक पुस्कर जोशीले जानकारी दिएका छन ।नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रि मोर्चा नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र सामाजवादीले फागुन ४ गते (भोली) नेपाल बन्दको घोषणा गरेका छन ।
साथै भोलि ४ गते हुने नेकपा सहित पाँच पार्टी र १ मोर्चाको आयोजनामा राष्ट्रघाती एमसीसी विरुद्धको नेपाल बन्द सफल पार्न सम्पुर्ण यातायात, शिक्षण संस्था,उद्योगर व्यापार, कलकारखाना लगायत सम्पुर्ण सार्वजनिक र निजी क्षेत्र बन्द गरि नेपाल बन्दमा ऐक्यबद्धतासहित सफल पार्न अनुरोध गरिएको छ । साथै उता कञ्चनपुरमा पनी राके जुलुस निकालीएको छ ।यस्तै डोटीमा पनी राके जुलुस निकालीएको छ ।