धनगढी। सेती अस्पतालमा उपचाररत कैलालीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-१ का ६८ बर्षीय संक्रमित पुरुषको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको हो । उनमा माघ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुष क्षयरोग र दम सम्बन्धी बिरामी रहेको बुझिएको छ ।