डडेल्धुरा। डडेल्धुरामा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । डडेल्धुरामा अचेत अवस्थामा भेटिएका डोटीको दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो।
सोमबार बिहान उनी आलिताल गाउँपालिका–४ लामजिलेमा कुटपिट गरी अचेत पारिएको अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उपचारकै क्रममा उनको आज मृत्यु भएको हो ।
मृतक सिजापतीको शरीरभरी चोटपटकका निशान रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए । उनको कुटपिट गरी हत्या गरेको आशंकामा केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । मृतक डोटीबाट किन त्यहाँ पुग्नुको कारण र कुटपिट कसरि भयो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ।अहिले मृतकमो शव जोगबुढा अस्तालमा राखिएको छ ।