बाजुरा। बाजुराको बिकट बस्तीमा युवा खडक नागरीले अपांग बालबालीका,गरिब, एकल महिलालाई राहात महसुस गराएका छन् । बाजुराको त्रीवेणी नगरपालिका वडा नम्बर १ मा आज चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा उनीहरुलाई २० पिस बलाङकेट वितरण गरिएको हो।
त्रीवेणी नगरपालिका वडा नम्बर १ बाजुरामा अपांग भएका बालबालीका, गरिब परिवार तथा एकल महिलालाई २० पिस बलाङकेट वितरण गरिएको पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले जानकारी दिएका छन् । ब्लाङकेट वितरण कार्यक्रममा सो क्षेत्रका समाजसेवी दल बहादुर बुढा, छतारा देबि आधरभुत बिधालय खाजा ब्वस्थापनकि अध्यक्ष प्रगती चदराको लगायतको सहभागीता रहेको थियो। बाजुराको त्रीवेणी नगरपालिका वडा नम्बर १ का स्थानीयले सरकारले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेकोमा आउँदो चुनावमा परिवार दललाई सहयोग गर्ने बताएका छन् ।