धनगढी : नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटिले जनयुद्ध दिवशको अवशरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । २७ औँ जनयुद्ध दिवशको अवशरमा पार्टीले धनगढीको पार्कमोडमा रक्तदान कार्यक्रमको आयोजना गरेको नगर कमिटि अध्यक्ष सुरज खातीले बताए । जनयुद्ध दिवशको अवशरमा ८४ जनाद्धारा रक्तदान गरिएको छ।
देश र जनताको लागी लड्दै गर्दा ज्यान गुमाएका सहिदहरुलाई सम्झिदै आज जनयुद्ध दिवशको अवशरमा रक्तदान कार्यक्रम गरिएको नेकपा माओवादी केन्दै धनगढी नगर कमिटि प्रचार प्रसार बिभाग प्रमुख डिल्ली भट्टले बताए । जनयुद्धकै कारण देशमा परिवर्तन आएको र सबै बर्गले अधिकार प्राप्त गरेको महान दिनलाई सम्झीदै रक्तदान कार्यक्रम आयोजना गरिएको भट्टले बताए ।
रगत अभावको समस्यालाई मध्यनजर गर्दै पार्टीले जनयुद्ध दिवशको अवशर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटि सचिव रमेश प्रशाद भट्टराइले बताए । रगत अभावका कारण कसैको ज्यान नजाओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए ।
रक्तदान कार्यक्रममा भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरी, नेतृ शान्ति अधिकारी, प्रदेश कमिटि सदस्य हरी क्षेत्री, निर्मल शाह लगायतको उपस्थिती थियो ।