बझाङ। बझाङमा एमसिसीको बिरुद्ध मुख्य तिन राजनितीक दलका नेताको पुत्ला जलाइएको छ। बझाङ सदरमुकाम चैनपुर बजारमा नेपाल कम्युनिस्ट पार्टी बिप्लबको युवा संगठन बझाङले प्रधानमन्त्री तथा नेपाली काँगेसका सभापती शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को पुत्ला जलाएको हो।
युवा संगठन बझाङका कार्यकर्ताले एमसिसी जस्तो रास्ट्रघाती सन्धी प्रचण्ड, केपि र शेर बहादुर देउवा मिलेर पास गर्न खोजेको भन्दै सदरमुकाम चैनपुरमा पुत्ला जलाएको जानकारी दिएको छ। नेपाल कम्युनिस्ट पार्टी बिप्लबको सहायक संगठन युवा संगठनका कार्यकर्ताले देस बेच्न पाइदैन, एमसिसी चाहिदैन बिदेसी दलाल मुर्दाबादको नारा लगाउँदै सदरमुकाम चैनपुर बजारमा नेताको पुत्ला जलाएको हो ।