दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालीकामा कम्बल वितरण गरिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालीका वडा नम्बर ६ मा रहेका बृद्धा गरिब एकल महिलालाई २५ पिस कम्बल वितरण गरिएको हो ।
बिहीबार चुजी फाउन्डेसनको सहयोग तथा नेपाल परिवार दलको युवा नेता खडक नागरी र समाजसेवी नारद धामीको पहलमा २५ पिस कम्बल वितरण गरिएको जनाइएको छ। पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले शैल्यशिखर नगरपालिका वडा नम्बर ६ बृद्धा गरिब एकल महिलालाई दलितहरुलाइ मिलमिलि किडेपातल दार्चुला २५ पिस बलाङकेट(कम्बल )वितरण गरिएको जानकारी दिए।
कम्बल वितरण कार्यक्रममा शैल्यशिखर नगरपालीका क्षेत्रका समाजसेवीको पनि सहभागी भएको थियो । स्थानीय सरकारले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेको ले स्थानीय हरुले आउदो चुनाव मा परिवार दल लाई सहयोग गर्ने बताएका छन् ।