डडेल्धुरा। डडेल्धुरामा एक फर्निचर उद्योगमा आगलागी भएको छ। डडेल्धुराकोअमरगढी नगरपालिका-५ तुफानडाँडाँस्थित लोकराज शर्माको रविन काष्ठ उद्योग र सँगै रहेको देवलक्ष्मी मल्टि सप्लायर्समा आगलागी भएको प्रहरीले जनाएको छ।
बिहिवार राति १२ :३० बजेको समयमा उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आगो करिव साढे १ बजे नियन्त्रणमा लिईएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । विद्युतको तार सर्ट भई आगलागी भएको र क्षतिको विवरण आउन भने बाँकी रहेको जनाइएको छ ।