कञ्चनपुर। छ दिनअघि पोखराबाट कञ्चनपुर हिँडेका एक पुरुष कपिलवस्तुबाट सम्पर्कविहीन भएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका-१० दैजीका ४५ वर्षीय भानसिंह कडायत माघ २१ गते (शुक्रबार) बिहान ११ः३० बजेदेखि कपिलवस्तु नगरपालिका-९ जगदीशपुरबाट सम्पर्कविहीन भएका हुन् ।
माघ २० गते पोखराबाट कञ्चनपुर हिँडेका कडायत कपिलवस्तुबाट सम्पर्कविहीन बनेको उनका छोरा रमेश कडायतले जानकारी दिए । उनले भने, ‘पोखराबाट २० गते साँझ गाडी चढेँ भनेर बुबाले फोन गर्नुभएको थियो । २१ गते बिहानबाट सम्पर्कमा हुनुहुन्न । प्रहरीमार्फत अन्तिम लोकेसन चेक गर्दा कपिलवस्तु नगरपालिका-९ जगदीशपुर देखाएको छ । तर यहाँ आएर सबैतिर बुझ्दा केही अत्तोपत्तो छैन ।’म्याग्दीबाट पोखरा हुँदै कञ्चनपुर हिँड्ने बेला भानसिंहले आफूसँग दुई हजार रुपैयाँ मात्र छ भन्दै फोन गरेको रमेशले बताए ।
गाडीमा चढेको बेला सहचालक वा कुनै यात्रुसँग विवाद भएर बाटोमै छाडेको हुन सक्ने परिवारको आशंका छ ।‘बुवासँग पैसा २ हजार मात्र रहेछ, पोखराबाट कञ्चनपुरको गाडी भाडा नै धेरै छ । कतै लफडा परेर बसले बाटोमै अलपत्र छाडेको पो हो कि रु’, रमेशले भने ।अन्दाजी साढे ५ फिट उचाइ भएका भानसिंहले रातो टिसर्ट,कालो पाइन्ट, खैरो रंगको जुत्ता, सेतो क्याप र कालो रंगको ज्याकेट लगाएका थिए ।लगातार प्रहरी र आफन्तले खोजी गर्दा पनि उनी सम्पर्कमा आएका छैनन् । भानसिंहको खोजीमा लागेको कपिलवस्तु प्रहरीले हालसम्म फेला पर्न नसकेको जनाएको छ । कडायतलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा उनका छोरा रमेशको फोन नम्बर ९८६३४०२४०८,९८६८७७५६०८ र ९७४५४५०५३५ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।