धनगढी। नेपाली गीत सँगित क्षेत्रमा थुप्रै सांगीतिक कोसेलीहरु बजारमा प्रतिस्पर्धा छन । तापनि सुदुर पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गीत संगितको बेग्लै महत्त्व रहेको छ। बजारमा सांगीतिक कोसेलीहरु प्रतिस्पर्धामा रहेपनि देउडा गित भने संख्यामक रुपले उत्पादन भएको देखिन्छ।
देउडा गीत संगित सुदुरपश्चिमेलीहरुको पहिचान पनि हो। बिसेष गरि सुदूरपश्चिम र मध्यपश्चिममा देउडा गीत संगीतको बेग्लै महत्व रहेको पाईन्छ। राम शीलाल म्युजिकको प्रस्तुतिमा राम शिलाल र रेखा जोशीको स्वरमा मार्मिक देउडा मुई छाडी पराई भैगई विशेष फिल्मसको युटुुब च्यानलबाट सार्वजनिक भएको छ।
धनगढीको अति रमणीय ठाँउ गोदावरीमा छायांकन गरिएको उक्त म्युजीक भिडियो सुदुर पश्चिमको ठिट भाषाका शब्दमा तयार गरिएको छ। र उक्त म्युजीक भिडियो श्रीमान श्रीमती एक अर्कालाई धोका दिएको र बिहे एउटा संग माया प्रेम अर्कै संग भएको विशेष गरी अहिलेका युवा युवती हरु लाई सन्देश मुलक यो गीत रहेको समेत जानकारी दिनु भएको छ। त्यसै गरी अभिनय गोबिन्द यस् धामी र रोजी कुँवरले गरेका छन भने निर्देशन रुपा शिलालले गरेकी छिन् । त्यसैगरी उक्त देउडा गीतको छायांकन अनि सम्पादन रबि औझी, र म्युजिक एरेन्जर बिजय कुमार थापा मगरले गरेका छन् ।