धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले आफ्नो चुनावी घोषणपत्रमा फाप्ला मैदानलाई अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भनिएकोमा अव आएर त्यो नाराले पनि पुर्णता पाएको बताएका छन्।
उनले धनगढीलाई क्रिकेटको शहर बनाउदै अन्तराष्ट्रियस्तरको मैदानको सपना पुरा भएको बताएका छन्। काग्रेंस नेतृ डा.आरजु राणा देउवाको पहलमा धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने निर्णय भएसँगै मेयर ओडले आफुहरु सबैको सपना पुरा भएको बताएका छन् । कांग्रेस नेतृ डा.आरजु राणा देउवाको पहलामा धनगढीमा मैदान र खेलग्राम बनाउने पहल भएपछि खुशी व्यक्त गर्दै अव यथार्थतमा परिणत गर्न सबैले सहयोग गर्न आवश्यक रहेको उनले बताए।
यो अभियनामा ड्रिम फाप्ला अभियानका संयोजक सुवाश शाहीको पनि सहयोग रहेको जानकारी दिए। काग्रेंस नेतृ डाक्टर आरजु राणाको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान सहित खेलग्राम बनाउने निर्णय गरेका हुन । फाप्लालाई लामो समयदेखि अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने चर्चा चलिरहेका वेला क्रिकेट मैदान मात्रै नभएर खेलग्रामका रुपमा विकास गर्ने गरी निर्माणको काम सुरु गर्ने गरी मन्त्री परिषदले निर्णय गरेको हो।
डाक्टर देउवाको पहलमा गत माघ १० गतको मन्त्री परिषद बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउने गरी हस्तान्तरण गर्ने निर्णय भएको हो। सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ। यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएको छ। यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्ने गरी भौतिक पूर्वाधार तयार गरिने छ ।