बाजुरा। बाजुराकी एक महिला ९ महिने छोरी सहित भारतको मुम्बईबाट बेपत्ता भएकी छिन् । बाजुरा घर भई हाल भारतको महाराष्ट्र मुम्बईको नवि मुम्बई उल्वेमा बस्दै आएका महेन्द्र रावतकी १९ बर्षिया श्रीमती तारा शाही ९ महिनाकी छोरी सहित बेपत्ता भएकी हुन ।
माघ २२ गते साझबाट श्रीमान संङ्गको सामान्य विवाद पछि निस्किएकी ती महिलाको अवस्था अझै अज्ञात रहेको महिलाका श्रीमान महेन्द्र रावतले बताए। बाजुराको हिमाल गाउँपालिका वडा ६ धुलाचौर धिम गाउँ बस्ने उनिहरु रोजगारीको शिलसिलामा २ महिना अघि मात्र भारत पुगेका थिए । श्रीमान महेन्द्र रावत उल्वेको एक बिल्डिङ्गमा काम गर्दथे भने बेपत्ता महिला घरमा सरसफाइको काम गर्थिन । २ दिन अघिबाट सम्पर्क बिहिन रहेकी श्रीमतीको खोजी कार्य जारी रहे पनि अवस्था अज्ञात नै रहेको श्रीमान रावतले बताए।
उनले भने,”सामान्य बिवादपछि थाहै नदिएर निस्किएकी उनि अहिले सम्म सम्पर्कमा आएकी छैनन्। आफन्त देखि सबै ठाउमा खोजतलास गरिसके अहिले सम्म कुनै जानकारी छैन उनले रुदै भने। ”आफुले पनि सबै ठाउमा अझै खोजी कार्य जारी राखेको र खोजी कार्यमा आ-आफ्नो ठाउबाट सहयोग गरिदिन उनले सबै संङ्ग आग्रह गरेका छन । यदि कुनै ठाउमा उनलाई फेला पारे 9987024892/7807303135/8291349726/ मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन । बेपत्ता भएकी महिलाको माईती घर बाजुरा कोटिला हो भने उनका बुवाको नाम हंश बहादुर शाही र आमा नाम सीता शाही हो ।